भरतराज पौड्याल परराष्ट्र सचिवमा नियुक्त
काठमाडाैं, असाेज २३ : भरतराज पौड्याललाई सरकारले परराष्ट्र सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने...
काठमाडाैं, असाेज २३ : भरतराज पौड्याललाई सरकारले परराष्ट्र सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिव बनाउने निर्णय गरेको हो।
वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो। नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्।
यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन्।
प्रकाशित मिति: १८:४० बजे, शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











