नेपालगन्जमा मृत्यु भएकी बृद्धामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज, असोज २३ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जना बृद्धाको ज्यान गएको छ।गएराति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजीकी ८५ वर्षीया बृद्धाको मृत्यु...
नेपालगन्ज, असोज २३ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जना बृद्धाको ज्यान गएको छ।
गएराति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजीकी ८५ वर्षीया बृद्धाको मृत्यु भएको हो। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
स्वास्थ्यमा समस्या भएपछि उनलाई भेरी अस्पताल भर्ना गरिएको थियो। कोरोनो आशंका लागेपछि बिहीबार साँझ ५ बजे स्वाव संकलन गरिएको थियो। कोरोनाको रिपोर्ट नआउँदै बिहीबार राति ९ बजे मृत्यु भएको हो।
उनको आज बिहान ७ बजे आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको छ। उनी लामो समयदेखि दमरोगबाट पीडित थिइन्।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।
प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











