Kathmandu Press

विश्वमा ३ करोड ६७ लाख वढी कोरोना संक्रमित 

विश्वमा ३ करोड ६७ लाख वढी कोरोना संक्रमित 

काठमाडौँ, असोज २३ : विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जनाले ज्यान गुमाएका छन् ।

Hardik ivf

यो सँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको छ । यो समाचार तयार पार्दासम्म ८० लाख ३२ हजार २४६ जनामा सक्रिय संक्रमण रहेकोमा ६७ हजार ८२० को अवस्था गम्भीर छ ।

हालसम्म विश्वभर २ करोड ७६ लाख ४० हजार ३१ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघेको छ । 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, असोज २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्