Kathmandu Press

चितवनमा थपिए ३० जना कोरोना संक्रमित 

चितवन, असोज २३ : चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २२० जनाको स्वाब...
चितवनमा थपिए ३० जना कोरोना संक्रमित 

चितवन, असोज २३ : चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

संक्रमित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका रहेका छन् । नवलपरासी गैँडाकोट १२ की २३ वर्षीया एक महिला र कावासोती-१७ का २५ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको छ । यस्तै मकवानपुर हेटौँडा-४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

भरतपुर अस्पतालले बिहीबार गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्रमण भएको भरतपुर अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्