Kathmandu Press

प्रधानमन्त्रीका तीनैजना सल्लाहकार कोरोनामुक्त

काठमाडौं, असोज २३ : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त भएका छन्।
प्रधानमन्त्रीका तीनैजना सल्लाहकार कोरोनामुक्त

काठमाडौं, असोज २३ : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा आएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको हो ।

यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै  आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका छन्। 
 
प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्