Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो  

काठमाडौं, असोज २३ : भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको...
भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो  

काठमाडौं, असोज २३ : भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ८२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १००० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: १२:२१ बजे, शुक्रबार, असोज २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्