Kathmandu Press

सरकारले भन्यो- दशैंमा मन्दिरमा पुजारीमात्रै बोलाएर नित्य पूजा गर्नू

काठमाडौं, असोज २२ :  सरकारले दशैंमा मन्दिरमा पुजारीमात्रैले नित्य पूजा गर्न आग्रह गरेको छ।कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले दशैंमा मन्दिरमा  भिडभाड हुने...
सरकारले भन्यो- दशैंमा मन्दिरमा पुजारीमात्रै बोलाएर नित्य पूजा गर्नू
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतम।

काठमाडौं, असोज २२ :  सरकारले दशैंमा मन्दिरमा पुजारीमात्रैले नित्य पूजा गर्न आग्रह गरेको छ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर सरकारले दशैंमा मन्दिरमा  भिडभाड हुने सक्ने भएकाले पुजारीले मात्रै नित्य पूजा गर्न आग्रह गरेको हो। 

बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै मन्दिर, गुठी, स्थानीय प्रशासनलाई दशैंमा पुजारी मात्रै बोलाएर नित्य पूजा गर्न आग्रह गरेका हुन्। 

प्रवक्ता गौतमले दशैंमा विभिन्न देश र ठाउँबाट घर जाने क्रम बढेको र यसले देशका कुनाकाप्चामा समेत कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढाएको बताए।

‘विभिन्न देश र ठाउँबाट घर जाने क्रम बढेको छ। यसले कुनाकाप्चामा कोरोना बढ्न सक्ने देखिन्छ,’ उनले भने, ‘गाउँमा यातायात, स्वास्थ्य सामग्री, स्वास्थ्य संस्था आदिको उपलब्धताले कोरोना जोखिम झन धेरै हुन्छ। गाउँमा जेष्ठ नागरिक र दीर्घरोगी समेत रहने हुँदा समस्या थप बढ्न सक्छ। त्यसैले जो जहाँ छौं त्यही बसेर दशैं मनाऔं।’

उनले दशैंमा सार्वजनिक स्थानमा पिङ समेत नहाल्न आग्रह गरे।
 

प्रकाशित मिति: २२:३२ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्