Kathmandu Press

काठमाडौं उपत्यकामा एक सातामै थपिए १० हजार कोरोना संक्रमित 

काठमाडौं उपत्यकामा एक सातामै थपिए १० हजार कोरोना संक्रमित 

काठमाडौं, असोज २२ : काठमाडौं उपत्यकामा एक सातामै १० हजार कोरोना संक्रमित थपिएका छन्।

 बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्‍त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा एक सातामा १० हजार संक्रमित थपिएको जानकारी दिएका हुन्।

उनले संक्रमितको संख्या बढेसँगै उपत्यकाका अस्पतालमा बेड अभाव हुन थालेको बताए। यद्यपी बढ्दो संक्रमणलाई ध्यानमा राखेर कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको उनले बताए। 

प्रवक्ता गाैतमले निषेधाज्ञा खुलेसँगै भिडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगरेकाले संक्रमण बढेको बताए। 

‘बाहिरबाट आएका मानिस दुई साता क्वारेन्टिन बस्नुपर्ने मापदण्ड रहेपनि त्यसको पालना भएको देखिएन,’ उनले भने, ‘निषेधाज्ञा खुलेसँगै भिडभाड बढेको छ। जनस्वास्थ्यका मापदण्ड पालना भएका छैनन्। त्यसैले कोरोना संक्रमण तीव्र गतिमा बढेको हो।'

प्रवक्ता गौतमले काठमाडौं उपत्यकामा उपलब्ध भएका १८१ आईसीयू बेडमध्ये बिहीबार बिहान ११ बजेसम्म ८२ अकुपाई भएको बताए। यस्तै, ७६ भेन्टिलेटर उपलब्ध रहेकोमा २७ वटा बेड अकुपाइ भएको उनले बताए।
 

प्रकाशित मिति: २२:२४ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्