कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, २६७५ जना डिस्चार्ज
काठमाडौं, असोज २२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको...
काठमाडौं, असोज २२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५९० पुगेको छ।
यसैगरी, कोरोनालाई जितेर २६७५ जना अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै, बिहीबार नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन्र
प्रकाशित मिति: २२:१७ बजे, बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











