Kathmandu Press

काठमाडौं उपत्यकामा बिहीबार थपिए २५४० जना कोरोना संक्रमित

काठमाडौंमा २०८५ सहित उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा बिहीबार थपिए २५४० जना कोरोना संक्रमित

काठमाडौं, असोज २२ : काठमाडौंमा २०८५ सहित उपत्यकामा थप २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंका २०८५, भक्तपुरका १३५ र ललितपुरका ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बिहीबार नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर २६७५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:११ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्