एकैदिन थपिए ४३६४ जना कोरोना संक्रमित
नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, असोज २२ : नेपालमा थप ४३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४३६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। संक्रमितमध्ये ७१ हजार ३४३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५९० जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर २६७५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:०२ बजे, बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











