Kathmandu Press

नेकपाले क्रियाशील सदस्यको विवरण संकलन असोजभित्र गरिसक्ने

काठमाडौं, असोज २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन विभागले पार्टीको क्रियाशील सदस्यको विवरण संकलनको काम अन्तिम चरणमा पुर्‍याएको छ। २०७३ सालदेखि यता एमाले...
नेकपाले क्रियाशील सदस्यको विवरण संकलन असोजभित्र गरिसक्ने

काठमाडौं, असोज २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन विभागले पार्टीको क्रियाशील सदस्यको विवरण संकलनको काम अन्तिम चरणमा पुर्‍याएको छ। 

२०७३ सालदेखि यता एमाले र माओवादीका सदस्यहरुको यकिन विवरण संकलनको काम अन्तिम चरणमा पुर्‍याइएको संगठन विभागका सदस्य हरिराज अधिकारीले जानकारी दिए। असोज मसान्तभित्र सबै जिल्ला कमिटीले आफ्नो जिल्लामा क्रियाशील सदस्यहरुको विवरण संकलन गरिसक्ने अधिकारीको भनाइ छ।

कात्तिक मसान्तभित्र ती विवरण अध्यावधिक गर्दै मंसिर मसान्तभित्र नवीकरणको काम सम्पन्न गर्ने उनले बताए। ‘असोज मसान्तभित्र जिल्ला कमिटीले आफ्ना जिल्लाका सदस्यहरुको तथ्यांक संकलन गरेर कात्तिकभित्र त्यसलाई अध्यावधिक गरिसक्नेछन् र मंसिरभित्र सदस्यता नवीकरणको काम सम्पन्न भइसक्नेछ,’ उनले भने।

यस्तै, संगठन विभागकी सदस्य अष्टलक्ष्मी शाक्यले पनि विवरण संकलनको काम तीव्ररुपमा भइरहेको बताइन्। मंसिरभित्र नवीकरणको काम सम्पन्न गरेर कार्यकर्ता प्रशिक्षणमा केन्द्रित हुने उद्देश्यले विभागले काम गरिरहेको उनको भनाइ छ।

‘पार्टीबाट सर्कुलर आएपछि विभागले आफ्नो कामलाई तीव्रता दिएको छ। मंसिरभित्र नवीकरणको काम सम्पन्न गरेर कार्यकर्ता प्रशिक्षणमा विभाग केन्द्रित हुनेछ,’ शाक्यले भनिन्।

कार्यकर्ता प्रशिक्षण चार वटा विषयमा केन्द्रित हुने उनको भनाइ छ। पार्टीको सिद्धान्तको विषय, अन्तरिम विधान, पार्टीको प्रतिवेदन तथा सर्कुलर र जनवाद तथा समाजवादको कार्यदिशाका विषयमा प्रशिक्षण हुने शाक्यले बताइन्। 

नेकपाले चैत मसान्तमा महाधिवेशन गरिसक्ने निर्णय गरेको छ। दुवै पार्टीका गरी नेकपामा करिब ८ लाख क्रियाशील सदस्य रहेको बताइन्छ। आफ्ना  क्रियाशील कार्यकर्ताको यकिन विवरण नेकपाले मंसिरभित्र टुंगो लगाउनेछ। 
 

प्रकाशित मिति: २१:४५ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्