Kathmandu Press

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, असोज २२ : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा बिहीबार...
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
सांकेतिक तस्वीर।

पोखरा, असोज २२ : गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा बिहीबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका नयाँ संक्रमितहरु नवलपुरका १९, बागलुङका १२, कास्कीका पाँच र तनहुँका एक जना रहेका छन्।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४४४७ पुगेको छ भने संक्रमितमध्ये ३१४९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। यस्तै, गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: २१:०० बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्