Kathmandu Press

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज २२ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ का ८३ वर्षीय पुरुषको मृत्यु...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, असोज २२ : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका–१६ का ८३ वर्षीय पुरुषको मृत्यु भएको हो।

हाइपरटेन्सन, डाइबिटिज्, तथा मृगौलाको रोगी रहेका पुरुषमा असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै बिहीबार गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये नवपुरका २७, बागलुङका १२ लमजुङ र तनहुँका एक÷एक जना रहेका छन्।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ४७ पुगेको छ ।

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्