Kathmandu Press

सरकारले डा. केसीको जीवन रक्षा गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, असोज २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताएका छन्।चिकित्सा शिक्षा सुधारका...
सरकारले डा. केसीको जीवन रक्षा गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं, असोज २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्,‘उहाँको जीवन महत्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उनको जीवन रक्षामा ध्यान दिनु पर्दछ। यस सन्दर्भमा सरकारले हिजो डाक्टर केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ। समाधान हुनेछ।’

उनले भनेका छन्, ‘सबै मिलेर कोरोनाविरुद्ध जुझ्नु पर्ने बेलामा यसपटक अनसनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर के  कुरामा शंका  छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ।’

उनले डा केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: २०:०३ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्