Kathmandu Press

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, असोज २२ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री फेरबदलबारे बालुवाटारमा छलफल सुरु भएको छ।प्रधानमन्त्री ओलीसँग छलफल...
मन्त्रिपरिषद् पुनर्गठनबारे ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, असोज २२ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री फेरबदलबारे बालुवाटारमा छलफल सुरु भएको छ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन्। दुवै अध्यक्षबीच छलफल जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

बालुवाटारमा दुवै अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा नियुक्तिबारे छलफल भइरहेको जनाउको छ। त्यस्तै पार्टी एकताका बाँकी कामका विषयमा पनि छलफल भइरहेको जनाएको छ ।

दुवै अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएका छन्। तर, कसलाई विदा दिने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन। जसले गर्दा दुई सातादेखि मन्त्रिपरिषद् पुनर्गठनको विषय टुंगो लाग्न सकेको छैन।

यस अघि सविचालय बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थयो। त्यसमा पनि कुनै निर्णय हुन सकेको थिएन्।

प्रचण्डले हटाउन खोजेका केही मन्त्रीलाई प्रधानमन्त्री ओलीले निरन्तरता दिने मनसाय देखाएका छन्। त्यस्तै, नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्री बनाउने विषय पनि टुंगो लाग्ने सकेको छैन।

गौतमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ। उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेको विषयमा सर्वोच्च अदालतमा विचाराधिन छ। यो टुंगो नलाग्दा पनि मन्त्रिपरिषद् पुनर्गन निक्र्यौलमा पुग्न नसकेको जनाएको छ।

 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्