Kathmandu Press

डा. केसी र सरकारी टोलीबीच वार्ता सुरु

काठमाडौं, असोज २२ : अनशनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ। अनशन बसेको २४ औं दिनमा शिक्षा, विज्ञान तथा प्रविधि...
डा. केसी र सरकारी टोलीबीच वार्ता सुरु

काठमाडौं, असोज २२ : अनशनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ।

अनशन बसेको २४ औं दिनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा डा. केसीको टोलीर सरकारी टोलीबीच वार्ता भएको हो। वार्तामा डा. केसीले अघि सारेका ६ बुँदे मागबारे छलफल हुने बताइएको छ। 

सरकारले बुधबार गठन गरेको शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली रहेका छन्। डा. केसीको तर्फबाट भने वार्ता टोलीमा डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा डा.अन्जनी कुमार झा, डा। लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन्। 

प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्