कोरोना संक्रमणबाट मोरङ र सुनसरीमा दुई जनाको मृत्यु
विराटनगर, असोज २२ : कोरोना भाइरसको संक्रमणबाट मोरङ र सुनसरीमा दुई जना जनाको मृत्यु भएको छ।आज बिहान साढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका–५...
विराटनगर, असोज २२ : कोरोना भाइरसको संक्रमणबाट मोरङ र सुनसरीमा दुई जना जनाको मृत्यु भएको छ।
आज बिहान साढे ६ बजे मोरङको बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हो। कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसिरहेका थिए। उनको घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
उनलाई ज्वरोसँगै श्वास फेर्न गाह्रो भएपछि कोरोना परीक्षण गरिएको थियो। असोज १९ गते आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको थियो। त्यसयता उनी घरमै बसिरहेका थिए।
त्यस्तै, सुनसरीको धरान नगरपालिका–१० का ३९ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
उनलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। घरमै बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते अस्पताल भर्ना गरिएको थियो।
उनको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले बताए। श्रेष्ठका अनुसार युवकलाई श्वासप्रश्वासमा समस्या भएको थियो। उनलाई ज्वरो पनि आएको थियो।











