Kathmandu Press

युनिभर्सल कलेजमा एक जना कोरोना संक्रमितकाे मृत्यु

भैरहवा, असोज २२ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत संक्रमितको मृत्यु भएको...
युनिभर्सल कलेजमा एक जना कोरोना संक्रमितकाे मृत्यु

भैरहवा, असोज २२ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत संक्रमितको मृत्यु भएको हो। सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए।

उनलाई असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए।

स्वास्थ्य समस्या देखिएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो।

यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा  अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या सात पुगेको अस्पतालले जनाएकाे छ।

 

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्