Kathmandu Press

मकवानपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण

हेटौडा, असोज २२ : मकवानपुरमा आज बिहानै ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित कीटजन्य रोग अनुसन्धान तथा...
मकवानपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण

हेटौडा, असोज २२ : मकवानपुरमा आज बिहानै ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ। उनीहरुमध्ये ३८ पुरुष र २० महिला रहेका छन्।

कोरोना संक्रमितहरुमध्ये धेरैजसो हेटौंडा उपमहानगरपालिकाकै बासिन्दा रहेको जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार केही मात्रै छिमेकी जिल्लाको रहेका छन्।

योसँग मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६८ पुगेको छ। यसमध्ये एक हजार तीन सय ४९ जना निको भइसकेका छन्।

सक्रिय संक्रमितमध्ये केही अस्पतालमा र केही घरमै आइसोलेसनमा बसिरहेका छन्। आज संक्रमण देखिएकाहरुको पनि अवस्था हेरेर संस्थागत आइसोलेसनमा राख्ने कि होम आइसोलेसनमै बस्न लगाउने छलफल भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६:०२ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्