Kathmandu Press

जाजरकोट दुर्घटनामा मृतक ६ जनाकै सनाखत, एक बेपत्ता

जाजरकोट, असोज २२ : जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा गएराति भएको दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ भने एक जना अझै पनि...
जाजरकोट दुर्घटनामा मृतक ६ जनाकै सनाखत, एक बेपत्ता

जाजरकोट, असोज २२ : जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ औलमा गएराति भएको दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ भने एक जना अझै पनि बेपत्ता रहेका छन्।

सदरमुकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको बोलेरो दुर्घटना भएको थियो। दुर्घटनामा जुनिचाँदे वडा नं. ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं. ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र लालबहादुर बुढा मृत्यु भएको जिल्ला प्रहरी कायाृलयले जनाएको छ।

त्यस्तै, दुर्घटनामा छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको बेपत्ता भएका छन्। उनको खाजी भइरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी किशोर श्रेष्ठले बताए।

दुर्घटनामा जिपमा सवार जुनिचाँदे–११ का नरबहादुर बुढा घाइते भएका छन्। घाइतेका सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालक गोरखबहादुर बस्नेत सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले चालकको सुवानाउलीमा रहेको घुम्ती पसलमा आगजानी गरेका छन्। चालकको लापरबाहीका कारण दुर्घटना भएको स्थानीय बासिन्दाको आरोप छ।

 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्