त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय बन्द
काठमाडौं, असोज २२ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ। केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी...
काठमाडौं, असोज २२ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बन्द गरिएको छ।
केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका शिक्षक–कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको पनिकाले जनाएको छ ।
कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु असोज २६ गते सोमबारसम्म पूर्णरुपमा बन्द रहने सूचनामा उल्लेख गरिएको छ।
यसअघि परीक्षा नियन्त्रकलाई कोरोना संक्रमण भएपछि असोज १५ देखि १८ गतेसम्म कार्यालयका सबै सेवा बन्द गरिएको थियो।
प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











