Kathmandu Press

अनसनरत डा. केसी र सरकारबीच आज वार्ता हुने 

काठमाडौं, असोज २२ : विगत २५ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारले आआफ्नो तर्फबाट वार्ता टोली गठन गरेपछि आज वार्ता हुने भएको छ...
अनसनरत डा. केसी र सरकारबीच आज वार्ता हुने 

काठमाडौं, असोज २२ : विगत २५ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारले आआफ्नो तर्फबाट वार्ता टोली गठन गरेपछि आज वार्ता हुने भएको छ ।

सरकारले अनसनरत चिकित्सक प्रा.डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेसँगै आज वार्ता हुने भएको हो ।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनाली सहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो।

समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन्। त्यस्तै डा गोविन्द केसीको पक्षबाट चार सदस्यीय वार्ता टोली गठन गरिएको छ।

वार्ता टोलीमा डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा डा.अन्जनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन्।  

प्रकाशित मिति: १३:१६ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्