Kathmandu Press

आईपीएल : कोलकाताले चेन्नेईलाई १० रनले हरायो 

काठमाडौं, असोज २२ : यूएईमा जारी १३ औँ संस्करणको आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ ।अबुधाबीमा बुधबार राति भएको...
आईपीएल : कोलकाताले चेन्नेईलाई १० रनले हरायो 

काठमाडौं, असोज २२ : यूएईमा जारी १३ औँ संस्करणको आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ ।

अबुधाबीमा बुधबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटिएको हो ।

चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले राहिल त्रिपाठीको ८१ रन मद्दतमा १ सय ६७ रन बनाएको थियो । जितसँगै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको चेन्नई भने पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्