Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार नाघ्यो 

काठमाडौं, असोज २२ : भारतमा पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७८ हजार ८०९...
भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार नाघ्यो 

काठमाडौं, असोज २२ : भारतमा पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७८ हजार ८०९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६८ लाख ३२ हजार ९८८ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २ हजार ९७२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्