Kathmandu Press

जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

खलंगा, असोज २१ : जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार दिउँसो जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको भे १...
जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु
सांकेतिक तस्वीर।

खलंगा, असोज २१ : जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। 

बुधबार दिउँसो जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका–१, औलखोला नजिक दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी जुनीचाँदे–१ का ६५ वर्षीय बुद्धि बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, २८ वर्षीय कृष्ण बहादुर शाही र ३० वर्षीय खिमबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा मृत्यु भएका एक जनाको सनाखत नभएको प्रहरीले जनाएको छ। 

जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: २३:१६ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्