Kathmandu Press

मोरङमा एकैदिन थपिए ३२२ जना कोरोना संक्रमित 

काठमाडौं, असोज २१ : मोरङमा एकैदिन ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा मोरङमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि...
मोरङमा एकैदिन थपिए ३२२ जना कोरोना संक्रमित 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज २१ : मोरङमा एकैदिन ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्षणमा मोरङमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये १८३ पुरुष र १३९ महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: २२:४८ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्