Kathmandu Press

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११२६ जना डिस्चार्ज

काठमाडौं, असोज २१ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको...
कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११२६ जना डिस्चार्ज

काठमाडौं, असोज २१ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५७८ पुगेको छ। 

यसैगरी, कोरोनालाई जितेर ११२६ जना अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

यस्तै, बुधबार नेपालमा थप ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍. गौतमले बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन्।
 

प्रकाशित मिति: २२:१८ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्