Kathmandu Press

काठमाडौं उपत्यकामा बुधबार थपिए १६८४ जना कोरोना संक्रमित

काठमाडौंमा १२९६ सहित उपत्यकामा थप १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा बुधबार थपिए १६८४ जना कोरोना संक्रमित

काठमाडौं, असोज २१ : काठमाडौंमा १२९६ सहित उपत्यकामा थप १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंका १२९६, भक्तपुरका ९५ र ललितपुरका २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, बुधबार नेपालमा थप ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ११२६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:१२ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्