Kathmandu Press

एकैदिन थपिए ३४३९ जना कोरोना संक्रमित

 नेपालमा थप  ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  
एकैदिन थपिए ३४३९ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

काठमाडौं, असोज २१ :  नेपालमा थप  ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३४३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमितमध्ये ६८ हजार ६६८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर ११२६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०२ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्