कैलालीका एसपी राणासहित २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २१ : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख (एसपी) सहित २२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पतालमा...
काठमाडौं, असोज २१ : जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख (एसपी) सहित २२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालमा बुधबार गरिएको परीक्षणमा जिल्ला प्रहरी प्रमुख (एसपी) अनुपम शमशेर राणासहित २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो। पुष्टि भएका २२ जनै प्रहरी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुने प्रहरीको संख्या २२८ पुगेको छ।
प्रकाशित मिति: २१:४८ बजे, बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











