Kathmandu Press

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा. केसीसँग वार्ता नगरी एकैपटक कात्रो पठाउने तयारी हो? 

काठमाडौं, असोज २१ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर माग सम्बोधन गर्न...
प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा. केसीसँग वार्ता नगरी एकैपटक कात्रो पठाउने तयारी हो? 
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, असोज २१ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गरेर माग सम्बोधन गर्न आग्रह गरेको छ। 

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरेर अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दा पनि चासो नदिएको भन्दै कि एकैपटक कात्रो पठाउने तयारी हो भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्।

कांग्रेसले डा. केसीसँग वार्ता नगर्ने बालुवाटारे बालहठ महँगो सावित हुने पनि चेतावनी दिएको छ। ‘डा. केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू,’ विज्ञप्तिमा भनिएको छ,‘ हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ।’

कांग्रेसले डा. केसीको जायज मागलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। यस्तै, कांग्रेसले अनशसन जस्तो शान्तिपूर्णल सत्याग्रहलाई सुन्न अस्वीकार गर्न नहुने बताएको छ।

‘डा.  केसी अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो। वार्ता समिति सम्म गठन गर्नुभएको छैन। कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ,‘खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि- लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ?’
 

प्रकाशित मिति: २०:५५ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्