प्रस्तावित तीन राजदूतविरूद्ध सुनुवाइ समितिले माग्यो उजुरी
काठमाडौं, असोज २१ : सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका तीनजना राजदूतविरुद्ध संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदको सुनुवाई समितिले अमेरिका, बेलायत...
काठमाडौं, असोज २१ : सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका तीन जना राजदूतविरुद्ध संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ। संसदको सुनुवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकामा प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आव्हान गरेको छ।
समितिको बुधबार बसेको बैठकले अमेरिकाका लागि राजदूत सिफारिस भएका राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्माविरुद्ध उजुरी आह्वान गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
संसदीय समितिको कार्यविधि २०७५ को दफा १२ मा उजुरी सम्बन्धी व्यवस्था छ। संसदीय सुनुवाईबाट अनुमोदन भएपछि मात्रै नियुक्तिले पूर्णता पाउँछ। सरकारले गत असोज १५ गते खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो, भने पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय, गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो।
यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेनलगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको छ।











