किस्ट अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, असोज २१ : ललितपुरस्थित किस्ट अस्पतालमा एक कोराेना संक्रमित महिलाको मृत्यु भएको छ। बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो।असोज...
काठमाडौं, असोज २१ : ललितपुरस्थित किस्ट अस्पतालमा एक कोराेना संक्रमित महिलाको मृत्यु भएको छ। बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो।
असोज १७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलामा ज्वरो आउने, हाइपर टेन्सन र मुत्रनलीमा समस्या रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरकको सहायतामा उपचार गरिँदै आएको थियो।
प्रकाशित मिति: १८:०६ बजे, बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











