Kathmandu Press

डा केसीलाई आइसियूमा राख्न चिकित्सकको सुझाव, डा. केसीद्वारा अस्विकार

काठमाडौं, असोज २१ : त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको गएको छ। अनसन बसेको आज २४ औं दिनमा...
डा केसीलाई आइसियूमा राख्न चिकित्सकको सुझाव, डा. केसीद्वारा अस्विकार

काठमाडौं, असोज २१ : त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको गएको छ। 

अनसन बसेको आज २४ औं दिनमा उनको शरिरको रक्तचाप घटेर ७०/५० भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

साथै उनको शरिरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्यासमेत रहेको छ।

समय समयमा शरिरमा अक्सिजनाको मात्रा घटेदै जाने भएपछि उनलाई अक्सिजनको साहायतामा राखिएको छ। 

चिकित्सकले उनलाई आइसियूमा बस्न सुझाब दिएपनि उनले अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्