Kathmandu Press

कोरोना भाइरसको संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

बुटवल, असोज २१ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा आज तप दुई जनाको मृत्यु भएको छ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु...
कोरोना भाइरसको संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

बुटवल, असोज २१ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा आज तप दुई जनाको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनका अनुसार मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय बृद्ध र बुटवल ९ की ५५ वर्षीया बृद्धा रहेकी छन्।

बिरामी भएपछि सुनवलकी बृद्धको असोज १५ गते पीसीआर परीक्षण गरिएको थियो। उनलार्य असोज १ट गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसयता उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आज बिहान १ बजेतिर उनको मृत्यु भएको डा. गौतमले बताए।

उनलाई उच्च ज्वरो आएको थियो। त्यस्तै, उनी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए।

यसैगरि, श्वासप्रश्वासमा समस्या भएपछि बुटवलकी महिलालाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। असोज १७ गते कोरोना परीक्षण गर्दा पोजिटिभ आएको थियो।

त्यसपछि उनलाई कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको डा. गौतमले बताए।

उनलाई सुख्खा खोकी र ज्वरो थियो। त्यस्तै, उच्च रक्तचापको पनि समस्या रहेको डा. गौतमले बताए।

 

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्