Kathmandu Press

डब्ल्युएचओले भन्यो– हरेक १० व्यक्ति मध्ये एकमा कोरोना संक्रमण हुन सक्छ

काठमाडौं, असोज २१ : विश्व स्वास्थ्य संगठनको उच्च अधिकारीहरुको एक बैठकले विश्वमा हरेक १० व्यक्ति मध्ये एकमा कोरोना संक्रमण हुन सक्ने निष्कर्ष निकालेको...
डब्ल्युएचओले भन्यो– हरेक १० व्यक्ति मध्ये एकमा कोरोना संक्रमण हुन सक्छ

काठमाडौं, असोज २१ : विश्व स्वास्थ्य संगठनको उच्च अधिकारीहरुको एक बैठकले विश्वमा हरेक १० व्यक्ति मध्ये एकमा कोरोना संक्रमण हुन सक्ने निष्कर्ष निकालेको छ। संगठनका एक बरिष्ठ अधिकारीका अनुसार यो अनुमानको मतलब विश्व जनसंख्याको ठूलो हिस्सा कोरोनाको जोखिममा परेको छ। 

अहिलेसम्म विश्वका २ सय भन्दा धेरै देशका ३ करोड ५७ लाख मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। यद्यपी डब्ल्युएचओले संक्रमणको असली आँकडा ८० करोडभन्दा बढी हुन सक्ने बताएको छ। 

विशेषज्ञले संक्रमण फैलिएको अवस्थालाई हेर्दा अहिले पुष्टि भएको संख्याभन्दा धेरै संक्रमित हुन सक्ने बताउँदै आएका छन्।

डब्ल्युएचओको स्विट्जरल्यान्डको जेनेभास्थित मुख्यालयमा भएको बैठकमा महामारीबाट विश्वलाई बाहिर निकाल्ने विधिका बारेमा चर्चा गरिएको थियो। कोरोना भाइरसको पहिलो घटना गत डिसेम्वरमा चीनको वुहानमा पुष्टि भएको थियो। गत डिसेम्बर पहिलो संक्रमण पुष्टि भएयता १० महिनासम्म पनि महामारी अन्त्य हुने अवस्था देखा परेको छैन।

केही देशमा महामारी फैलनबाट रोक्नका लागि लगाइएको प्रतिबन्ध हटाइएपछि महामारीको दोस्रो लहर देखा परेको छ। केही देशमा संक्रमितको संख्या पहिले भन्दा धेरै देखिएको छ। डब्ल्युएचका हेल्थ इमरजेन्सी कार्यक्रमका कार्यकारी निर्देशक माइक रयानले अनुमान लगाएका छन् कि विश्वको १० प्रतिशत जनसंख्या कोरोना भाइरसको चपेटामा आइसकेको छ।

उनले भनेका छन्, ‘यो संख्या अलग–अलग देशका शहर र गाँउका अलग–अलग समुहका आधारमा अलग–अलग छ। तर यसको मतलब यो हो कि विश्वको एक ठूलो हिस्सा खतरामा छ। हामी जान्दछौं कि महामारी रहिरहनेछ। हामी यो पनि जान्दछौं कि हामीसँग अहिले संक्रमणलाई फैलनाबाट रोक्ने र जीवन बचाउने तरिका समेत छन्।’

विश्व स्वास्थ्य संगठनका निर्देशक जनरल टेड्रोस एडहोनम ग्रिवियेसुस विश्वभरका अलग–अलग देशमा भाइरसले अलग–अलग तरिकाले असर पारेको बताउँ छन्। यो महामारीबाट मुक्त हुनका लागि सबै एक हुनुपर्ने उनको भनाई छ । ‘सबै देश यो भाइरसबाट प्रभावित बनेका छन्। हामीले याद राख्न आवश्यक छ कि महामारीको काहिँ कम र कतै धेरै असर देखिएको छ। ७० प्रतिशत मामला र मृत्यु १० देशमा मात्र देखिएको छ र आधा केवल तीन देशमा मात्रै’, उनले भने। 

जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार भाइरसबाट अहिलेसम्म १० लाख भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण देखिएको छ। -बीबीसी हिन्दीबाट

प्रकाशित मिति: १२:५० बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्