Kathmandu Press

आइपीएल : राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा  

काठमाडौं, असोज २१ : इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।यूएईमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा  राजस्थान...
आइपीएल : राजस्थानलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा  

काठमाडौं, असोज २१ : इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

यूएईमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा  राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १ सय ९४ रनको लक्ष पाएको थियो ।

जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको छ ।

 

प्रकाशित मिति: १२:३३ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्