Kathmandu Press

चितवनमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

काठमाडौं, असोज २१ : चितवनमा मंगलबार साँझ थप दुई  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१...
चितवनमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

काठमाडौं, असोज २१ : चितवनमा मंगलबार साँझ थप दुई  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

मंगलबार साँझ नै पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए ।

श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, असोज २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्