Kathmandu Press

यी हुन् ह्वीप उल्लंघन गर्दै राजधानी दाङ बनाउने पक्षमा मत हाल्ने कांग्रेसका पाँच सांसद 

काठमाडौं, असोज २० : प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ।प्रदेशसभा बैठकमा मंगलबार...
यी हुन् ह्वीप उल्लंघन गर्दै राजधानी दाङ बनाउने पक्षमा मत हाल्ने कांग्रेसका पाँच सांसद 

काठमाडौं, असोज २० : प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ।

प्रदेशसभा बैठकमा मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी  र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो। 

दाङको भालुवाङ स्थायी राजधानी राख्ने प्रस्तावको पक्षमा बैठकमा उपस्थित ८२ मध्ये ६९ मत खस्यो भने विपक्षमा १३ मत खसेको थियो।राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पाँच जना सांसदले मत हालेका छन्।

कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको भएपनि कपिलबस्तु पश्चिमका पाँच सांसदले स्थायी राजधानी भालुवाङको पक्षमा मत खसालेका थिए।

स्थायी राजधानी भालुवाङ राख्ने पक्षमा कांग्रेसका सांसदहरु बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, दाङका सांसदत्रय शंकर गिरी, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन्। बाँकेका सांसद सुरेन्द्र हमाल भने बैठकमा अनुपस्थित थिए। 

यस्तै, प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमा खसेको कुल ८३ मतमध्ये ७९ मत पक्षमा  परेको छ भने विपक्षमा ४ मत खसेको छ। प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो।

प्रकाशित मिति: २२:३५ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्