Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए १०१७ जना कोरोना संक्रमित

काठमाडौं, असोज २० : काठमाडौंमा ७८३ सहित उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १०१७ जनामा...
काठमाडौं उपत्यकामा थपिए १०१७ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, असोज २० : काठमाडौंमा ७८३ सहित उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंका ७८३, भक्तपुरका ११६ र ललितपुरका ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, मंगलबार नेपालमा थप १५५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‍. गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। संक्रमितमध्ये ६७ हजार ५४२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५६३ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर २३४० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:११ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्