Kathmandu Press

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो 

नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  
थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९० हजार नाघ्यो 
सांकेतिक तस्वीर।

काठमाडौं, असोज २० : नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ। संक्रमितमध्ये ६७ हजार ५४२ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५६३ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर २३४० जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:०४ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्