प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित
प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ।बुटवल, असोज २० : प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा कुल खसेको ८२ मध्ये ६९ मत राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको पक्षमा खसेको हो। १३ मत भने विपक्षमा खसेको थियो। कुल ८७ सांसदमध्ये मंगलबारको बैठकमा ८२ सांसदमात्रै उपस्थित थिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। कांग्रेसका १९ मध्ये ५ सांसदले ह्वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा मत खसालेका थिए भने एक जना सांसद अनुपस्थित थिए।
प्रकाशित मिति: २१:११ बजे, मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











