मुख्यमन्त्री पोखरेलले भने- भालुवाङले प्रदेशभरको मनोविज्ञानलाई जोड्ने काम गर्छ
बुटवल, असोज २० : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भालुवाङले प्रदेशभरको मनोविज्ञानलाई जोड्ने काम गर्ने बताएका छन्। प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका...बुटवल, असोज २० : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भालुवाङले प्रदेशभरको मनोविज्ञानलाई जोड्ने काम गर्ने बताएका छन्।
प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएकाले लुम्बन्ी क्षेत्रका बासिन्दा दुखित हुनु नपर्ने बताए।
उनले प्रस्तावित राजधानीले कुनै जिल्लाको नभई प्रदेशभरका बासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताए।
‘पाँच नम्बर प्रदेशमा रहेका विगतका तीन वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजिएको हो,’ उनले भने,‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन।’
प्रकाशित मिति: २०:५४ बजे, मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











