विरोधकै बीच प्रदेश ५ संसद सुरु
काठमाडौं, असोज २० : प्रदेश ५ को स्थायी राजधानी तथा नामकरणको विषयलाई लिएको भएको विवादकै बीच बैठक सुरु भएको छ। दाङको देउखुरीमा स्थायी राजधानी बनाउनु...
काठमाडाैं, असाेज २० : प्रदेश ५ को स्थायी राजधानी तथा नामकरणको विषयलाई लिएर भएको विवादकै बीच प्रदेश सभाको बैठक सुरु भएको छ।
दाङको देउखुरीमा स्थायी राजधानी बनाउनु पर्ने विषयमा प्रदेश संसदमा दर्ता भएको प्रस्तावमाथि प्रदेश सभामा छलफल सुरु भएको हो।
बैठकमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले आफ्नो भनाइ राख्ने तालिका रहेको छ। कांग्रेसले दाङमा स्थायी राजधानी राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।
अस्थायी राजधानी बुटवलवासीले राजधानी दाङ राख्ने प्रस्तावको विरोध गर्दै आएका छन्। आजै नेकपा सम्बद्ध संस्थाका दुई हजारभन्दा बढीले राजधानी सारे राजीनामा दिने चेतावनी पनि दिएका थिए।
१२ बजेका लागि तय भएको बैठक विवादका कारण डेढ घन्टा ढिला गरी सुरु भएको हो।
प्रकाशित मिति: १९:४१ बजे, मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











