९८ वर्षीय बुवा भेट्न अस्पताल गएका ७१ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु
झापा, असोज २० : बिरामी बुवालाई भेट्न अस्पताल पुगेका झापाका एक बृद्धको कोरोना भाइरसको संंक्रमणबाट मृत्यु भएको छ।झापाको भीमाद नगरपालिका ६ का ७१...
झापा, असोज २० : बिरामी बुवालाई भेट्न अस्पताल पुगेका झापाका एक बृद्धको कोरोना भाइरसको संंक्रमणबाट मृत्यु भएको छ।
झापाको भीमाद नगरपालिका ६ का ७१ वर्षीय वृद्ध आफ्ना ९८ वर्षीय बिरामी बुवा भेट्न चितवन मेडिकल कलेज गएका थिए। अस्पतालमा उपचाररत ९८ वर्षीय बुवामा कोरोना संक्रमण देखिएको थियो। बुवालाई भेट्न गएका बृद्धमा पनि कोरोना संक्रमण भएको थियो।
कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। घरमै बसिरहेका वेला उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो।
त्यसपछि चितवन मेडिकल कलेज लगिएको थियो। तर, उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
उनका बुवाको भने काठमाडौंको मेडिसिटी अस्पताल उपचार भइरहेको छ। उनको अवस्था पनि खतरामुक्त नरहेको परिवारजनले जनाएका छन्।
बृद्धको कोरोनाबाट मृत्यु भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको भीमादका स्वास्थ्य प्रमुख मनराज बरालले बताए। उनले चढेर गएको गाडीका चालकको खोजी भइरहेको उनले बताए।











