प्रदेश ५ राजधानी विवाद : नेकपानिकट व्यवसायीले सामूहिक राजीनामा दिने
काठमाडौं, असोज २० : प्रदेश ५ को स्थायी राजधानी र नामकरणका विषयलाई लिएर दुई हजार दुई सय ४९ जना नेकपानिकट उद्योगी, व्यवसायीले सामूहिक...
काठमाडौं, असोज २० : प्रदेश ५ को स्थायी राजधानी र नामकरणका विषयलाई लिएर दुई हजार दुई सय ४९ जना नेकपानिकट उद्योगी, व्यवसायीले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। बुटवलमा आयोजित एक कार्यक्रममा उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन्।
प्रदेश सरकारले दाङको देउखुरीलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव पेस गरेपछि प्रमुख प्रतिपक्षले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको थियो।
सोमबारको बैठकमा संसदीय पद्धति मिचेर प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।
प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











