Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

धरान, असोज २० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा थप एकको कोरोना सङ्क्रणबाट आज बिहान मृत्यु भएको छ।प्रतिष्ठानका प्रवक्ता डा....
धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

धरान, असोज २० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा थप एकको कोरोना सङ्क्रणबाट आज बिहान मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो। मधुमेह तथा क्षयरोगबाट पीडित बृद्धलाई श्वासप्रश्वासमा समस्या आएपछि असोज १२ गते अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएपछि उनको स्वाब परीक्षण गरिएको थियो त्यहि दिन कोरोना संक्रमण देखिएको प्रवक्ता डा.श्रेष्ठले बताए।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२  पुगेको छ। अहिलेसम्म धरानमा कोरोनाबाट १० जनाको मृत्यु भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ।

सोमबार बिहान प्रतिष्ठानमा उपचाररत तेह्रथुम र धरानका थप दुई जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्