Kathmandu Press

चितवन मेडिकल कलेजमा उपचाररत कोरोनाबाट वृद्धको मृत्यु

काठमाडौं, असोज २० : चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज...
चितवन मेडिकल कलेजमा उपचाररत कोरोनाबाट वृद्धको मृत्यु

काठमाडौं, असोज २० : चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा  असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई  कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । 

प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्