Kathmandu Press

तोडफोड गर्ने सांसदलाई कारबाही गर्न गगन थापाको माग 

काठमाडौं, असोज २० : नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सोमबार प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा...
तोडफोड गर्ने सांसदलाई कारबाही गर्न गगन थापाको माग 

काठमाडौं, असोज २० : नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले सोमबार प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै कारबाही गर्न माग गरेका छन् । आज बिहान युवा नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले उक्त घटनाको आत्मालोचना गर्दै कारबाही गरिनुपर्ने बताएका हुन् । 

‘ प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउनु पर्ने आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै रहेपनि प्रतिपक्षको भूमिका के कस्तो हुने भन्नेमा आफूहरुले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेको स्वीकार समेत थापाले गरेका छन् । 

‘प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ। नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ’ थापाले फेसबुकमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, असोज २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्